arrow

सी जिनपिङको 'शून्य-कोभिड नीति' ले चिनियाँ अर्थतन्त्रमा संकट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
xi-jinping-china.jpg

काठमाडौं । देशको सबैभन्दा गम्भीर प्रकोपका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले बढ्दो कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्ने प्रयासमा आफ्नो ‘शून्य’ कोविड नीतिलाई झन् कडा बनाएपछि पहिले नै शिथिल भएको चिनियाँ अर्थतन्त्रलाई ठूलो झड्का हानेको छ ।

सीले शून्य कोभिड नीतिलाई नवीकरण गर्दै आर्थिक वृद्धि भन्दा राजनीतिक र सामाजिक मुद्दाहरुलाई प्राथमिकतामा राखेको दि डिप्लोमेटले उल्लेख गरेको छ ।

सीले चीनको शून्य कोभिड रणनीतिमा आफ्नो व्यक्तिगत छाप लगाएका छन् । चिनियाँ राज्य मिडियाले महामारीविरुद्ध देशको लडाइँमा सी आफैँले आदेश दिने र व्यवस्थापन गर्ने गरेकोसमेत उल्लेख गर्ने गरेका छन् ।

निरन्तरको कडा लकडाउनले जतालाई असन्तुष्ट पारिरहेको छ भने चिनियाँ अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ । सीले विकासको बलिदान दिएका पहलहरू स्पष्ट सामाजिक राजनीतिक तर्क, बलियो सरोकारवालाको समर्थन र स्थिर अर्थतन्त्रले सहजीकरण गरिएका छन् । तर शून्य कोभिड नीति अब भने त्यस्तो अनुकूल परिस्थितिहरूमा भर पर्न असमर्थ भएको देखिन्छ । किनकि भाइरस कम घातक तर बढी संक्रामक भएको छ । 

यस्तो अवस्थामा सीको उक्त नीतिको लागि समर्थन घटेको छ र चिनियाँ अर्थतन्त्र द्रूत रूपमा खस्किरहेको छ । यही अवस्था कम्तीमा दुई चौथाईसम्म रहेमा आर्थिक र सामाजिक प्रभावहरु तीव्ररुपमा महसुस हुन थाल्ने चिनियाँ स्थानीय मिडियालाई उदृत गर्दै डिप्लोमेटले उल्लेख गरेको छ ।

यो ठ्याक्कै एक राजनीतिक रूपमा अस्थिर परिदृश्य हुनेछ जुन, सीले बेवास्ता गर्न आवश्यक हुनेछ र उनले शुन्य कोभिड नीति परिवर्तन गर्न बाध्य हुनेछन् ।

राष्ट्रको कूल गार्हस्थ उत्पादनको आधा भन्दा बढी र यसको ४० प्रतिशत भन्दा बढी रोजगारीमा योगदान गर्ने चीनको सेवा क्षेत्र अप्रिलमा निकै संकुचित भएको थियो ।

चीनका विभिन्न क्षेत्रमा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिरहेका बेला अधिकारीहरुले ५–१० जना संक्रमित भेटिँदा पूरै शहरमा कडा लकडाउन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ