arrow

महाभारतमा माओवादी र कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
congress-maobadi-karyakarta.jpg
तस्बिर– फाइल

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन् । 

शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरे भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेकी शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरेकी छिन् । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो । 

वडामा भने क्रमशः वडा नं १ मा नेकपा माओवादी केन्द्रका कान्छामान जिम्बाले ७२० मत प्राप्त गरी विजयी भए भने वडा नं २ मा नेपाली कांग्रेसका पदमबहादुर मोक्तानले ५५१ मत प्राप्त गरी विजयी भए । 

त्यस्तै वडा नं ३ मा कांग्रेसकै कार्साङ लामाले ५९४ मत, वडा नं ४ मा नेकपा माओवादी केन्द्रका विशाल मोक्तानले ३७१ मत, वडा नं ६ मा नेकपा माओवादी केन्द्रका रमेशकुमार लुङ्गेलीले ६०९ मत, वडा नं ७ मा कांग्रेसका खड्गबहादुर श्रेष्ठले ५४१ मत र वडा नं ८ मा नेकपा माओवादी केन्द्रका टङ्कबहादुर आले ६९४ प्राप्त गरी विजयी भएका छन् ।

वडा नं ५ को भने यसअघि गणना हुने बेलामा नेकपा माओवादी केन्द्र र कांग्रेसका वडाध्यक्ष्का उम्मेदवारबीचमा दुई मतले विजयी र पराजय भएकोमा पुनः मतगणना गर्ने विषयमा फेरि विवाद भएपछि अहिले रोकिएको जनाइएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको र पाँचखाल नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । 

१३ वटा वडा रहेको नगरपालिकाको ७ नं वडासम्मको मतगणना भईसकेकोमा वडा नं १ मा माअ‍ोवादी केन्द्र, २, ३, ४ र ७ मा कांग्रेस, ५ मा एमाले र ६ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

वडा नं ७ सम्म मतगणना हुँदा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले सात हजार २७१ र एमालेका कञ्चन अधिकारीले चार हजार २५८ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपप्रमुख पदमा माओवादी केन्द्रका चेतप्रसाद गौतमले पाँच हजार २७४ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले चार हजार ९७८ मत प्राप्त गरेका छन् । बाँकी वडाहरुको मतगणना जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ