arrow

अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति बीच भेटवार्ता

logo
एएफपी,
प्रकाशित २०७९ जेठ ७ शनिबार
yoon-biden-south-korea-usa.jpg
फाइल तस्बिर

सोल। अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिवार भेटवार्ता भएको छ।

योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको हो।

आणविक हतियारको चर्चा र कोरोना भाइरसको महामारी चलिरहेका बेला भएको उनीहरूको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ। 

उनले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गरेको अधिकारीहरूले जानकारी दिएका छन्। त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भयो र पत्रकार सम्मेलन गरे। उनले आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

उनीहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गरेको जनाइएको छ।

त्यसै गरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउने लगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन्। 

अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्त्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ