- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । बुटवलमा नेपाली कांग्रेसले २०५४ सालदेखि स्थानीय तहको नेतृत्व गुमाउँदै आएको थियो । जुन सयम २५ वर्ष बित्यो । एमालेको एकछत्र गढ त्यो पनि नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको राजनीतिक क्षेत्र बुटवलमा ०७४ सालमा पनि कांग्रेसले फिर्ता लिन सकेन ।
त्यो बेलामा पनि कांग्रेसबाट खेलराज पाण्डे एमालेका जिल्ला पूर्वअध्यक्ष एवं निवर्तमान बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीसँग ५ हजार मतान्तरले हार ब्यहोरेका थिए ।
तर यसपालि एमालेका तर्फबाट बाबुराम भट्टराईले टिकट पाए । एमालेबाट पात्र फरिए पनि कांग्रेसबाट उनै खेलराज दोहोरिए । शिवराजसँग ५ हजार मतले हारेर पाँच वर्षसम्म जनताका घरदैलोमा पुगेका खेलराजले एमालेका उम्मेदवार भट्टराईलाई ०७४ कै मतान्तरले भन्दा धेरैले हराएर जित हासिल गरेका छन् ।
बुटवलको कुल मतदाता संख्या ९० हजार ६५ मध्ये ६३ हजार १ सय १६ मत खसेको थियो । उपमहानगरको मेयरमा नेपाली कांग्रेसका नेता बुटवल नगर सभापति खेलराज पाण्डे निर्वाचित भएका हुन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी मेयरका उम्मेदवार एमालेका नेता बाबुराम भट्टराईलाई धेरै मतान्तरको फरकमा शुरुदेखि नै पछाडि पार्दै आएका थिए ।
खेलराजले ३० हजार १३० मत पाउँदा बाबुरामले २२ हजार ५५९ मात्र मत पाए ।
उपमेयरमा भने एमालेकी सावित्रीदेवी अर्याल विजयी भएकी छिन् । उनले २० हजार ९०४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९८० मत मात्र पाए ।