arrow

पोखरामा ८५ हजार मतगणना : अग्रता बढाउँदै धनराज र मञ्जु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
Dhanraj-manju.jpg

पोखरा । पोखरा महानगरपालिकामा हालसम्म ८५ हजार १५७ मतगणना भएको छ । जारी मतगणनामा गठवन्धनका मेयर पदका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

आचार्य एमालेका कृष्ण थापाभन्दा ३३ सय ८७ मतान्तरले अगाडि छन् । आचार्यले ३४ हजार ३३६ मत प्राप्त गर्दा थापाले ३० हजार ९४९ मत प्राप्त गरेका छन् । मेयर उम्मेद्वारहरु राप्रपाका शंकर खरालले ३८ सय ३५ र स्वतन्त्रका गनेस पौडेलले २३ सय ३५ मत प्राप्त गरेका छन् । 

यता, उपमेयरमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि रहेकी छन् । उनले गठवन्धनकी उम्मेद्वार नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा ४६५ मत बढी प्राप्त गरेकी छन् । 

गुरुङले ३५ हजार ३१२ र रानाभाटले ३४ हजार ८४७ मत प्राप्त गरेकी छन् । उपमेयरमा राप्रपाकी रञ्जना सेनले ३४ सय ११ मत प्राप्त गरेकी छन् ।पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ ।

गत वैशाख ३१ गतेदेखि मतगणना शुरु भएकामा हालसम्म कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ