arrow

इटहरीको मेयरमा काँग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
hemkarna-poudel-itahari-congress.jpg

काठमाडौँ। सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली काँग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन्। उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन्।

पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए। राप्रपाको आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए।

उपमेयरमा एमालेकी सङ्गीताकुमारी चौधरी विजयी भएकी छन्। सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन्। चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ