arrow

काठमाडौँमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
balen-sah-kathmandu.jpg
फाइल तस्बिर

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्। एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन्।

साहले ३८ हजार ३३३ मत पाउँदा काँग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत २१ हजार २९९ रहेको छ भने स्थापित २१ हजार ८ मतले पछ्याइरहेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ