arrow

दिनभर हावाहुरीसहित वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
weather-cloud.jpg

काठमाडौं । आइतबार बिहान  बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ ।

काठमाडौं उपत्यकामा पनि मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बाहिर प्रकाशको उज्यालो कम हुँदा भित्र कोठामा बत्ती बाल्नुपर्ने अवस्था देखिएको छ । चिसो पनि केही बढेको छ । 

दिउँसो देशभर आंशिकदेखि  सामान्य बदली  रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ । देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबारकेही  स्थानहरुमा र मेघ गर्जन र चट्याङ र  हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ