arrow

पोखरामा एक लाख बढी मतगणनाः धनराज र मञ्जुको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
Dhanraj-manju.jpg

पोखरा । पोखरा महानगरपालिकामा गठवन्धनका साझा मेयर पदका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । 

एक लाख एक हजार १२१ मतगणना हुँदा आचार्य ३२ सय ६० मतले अगाडि छन् । आचार्यले ४० हजार ४३४ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् ।

मेयर पदकै उम्मेद्वार राप्रपाका शंकर खरालले ४५ सय ८२ र स्वतन्त्रका गनेस पौडेलले २६ सय १३ मत प्राप्त गरेका छन् ।

यता, उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता बढाएकी छन् । उनले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई १६ सय १२ मतले पछाडि पारेकी छन् । 

गुरुङले ४२ हजार ३१६ र रानाभाटले ४० हजार ७०४ मत प्राप्त गरेकी छन् । यस्तै, राप्रपाकी रञ्जना सेनले ४५ सय ९ मत प्राप्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ