arrow

विषाक्त मदिरा सेवनबाट भारतमा १८ जनाको मृत्यु, २५ सुरक्षाकर्मी निलम्बित

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
india.jpeg
पटना । भारतको बिहारस्थित गोपालगञ्जमा विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
 
जमीन से निकाली गई शराब।
 
मदिरा सेवनबाट बिरामी भएका केहीलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
 
खजूरबाड़ी में जमीन के नीचे गाड़कर रखी गई थी स्प्रिट।
 
 
विषाक्त मदिरा सेवन गर्नेहरुमा स्वासप्रश्वासमा समस्या हुने, पेट देख्ने, वान्ता हुने समस्या देखिएको थियो । त्यसको एक घण्टाभित्रै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
घटना की जानकारी के बाद अस्पताल की ओर जाते मृतकों के परिजन।
 
गैरकानुनी रुपले बनेको यस्तो मदिरा सेवनबाट थुप्रैको ज्यान गएपछि जिल्ला प्रशासनले २५ जना सुरक्षाकर्मीलाई निलम्बन गरेको छ ।
 
घटना के बाद बड़ी संख्या में सदर अस्पताल में लोगों की भीड़ जुट गई।
निलम्बनमा पर्नेमा १५ जना अधिकृतसमेत परेका छन् । विषाक्त मदिरा उत्पादन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो ।
 
हरखुआ गांव निवासी दीनानाथ मांझी के परिवार के लोग। मांझी की मौत जहरीली शराब से हो गई थी।
जिल्ला प्रशासनले १४ जनाविरुद्ध अवैध मदिरा कारोबारमा संलग्न रहेको आरोपमा मुद्दासमेत दायर गरेको छ ।
 
६ जनालाई पक्राउ गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ