arrow

जनकपुरधाममा विद्रोही अगाडि, गठबन्धन तेस्रोमा

वडामा को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
lalkisor-manoj.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको नयाँ अपडेट अनुसार नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमार साहले दश हजार मत कटाएका छन् । आइतबार १२ बजेसम्ममा स्वतन्त्र उम्मेदवार साहले १० हजार १२५ मत ल्याएका छन् ।  उनलाई टक्कर दिन बनाइएको पाँच दलीय गठबन्धनका उम्मेदवार भने तेस्रो स्थानमा रहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साह तेस्रो स्थानमा थन्किएका छन् ।

जारी मतगणनामा गठबन्धनका लालकिशोर साहले ४ हजार ४३ मत प्राप्त गरेका छन् । लालकिशोर जनकपुरका निवर्तमान मेयर तथा जनता समाजवादी पार्टीका उम्मेदवार हुन् ।

मनोजकुमारका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साह हिराले ८ हजार ३६२ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका मेयर पदका उम्मेदवार मनोज चौधरीले हालसम्म ३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन्। मेयर पदकै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार १ सय ४६ मत ल्याएका छन् । 

त्यस्तै गरी उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह ११ हजार ६ सय १६ मतसहित अग्र स्थानमा छन् भने, उनलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ९ हजार ४ सय ७८ मत प्राप्त गरी पछ्याइरहेकी छन् ।

उपमेयर पदमा तेस्रो स्थानमा निवर्तमान उपमेयर रिता कुमारी मिश्र छन् । उनले हालसम्म ४ हजार १ सय २० मत ल्याएकी छन् । उपमेयर पदकै लागि मैदानमा रहेकी स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरीले २ हजार ९ सय ४३ मत प्राप्त गरेकी छन् । 

वडाध्यक्ष मतगणना परिणाम
१. वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित
२. वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मतसहित निर्वाचित
३. वडा नम्बर ३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मतसहित निर्वाचित
४. वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मतसहित निर्वाचित
५. वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मतसहित निर्वाचित
६. वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मतसहित निर्वाचित
७. वडा नम्बर २५ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर साह ७०६ मतसहित निर्वाचित
८. वडा नम्बर २४ को वडाध्यक्षमा नेकपा एमालेका उपेन्द्र सहनी ११४४ मतसहित निर्वाचित
९. वडा नम्बर ७ को वडाध्यक्षमा कांग्रेसका निरज साह ९मुन्ना० १०५९ मतसहित निर्वाचित
१०. वडा नम्बर २३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राघबेन्द्र प्रसाद साह ८४१ मतसहित निर्वाचित
११. वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा एमालेका दिनेश सिंह ५९९ मतसहित निर्वाचित
१२. वडा नम्बर २२ को वडाध्यक्षमा लोसपाका विमलेश मिश्र २४५ मतसहित निर्वाचित
१३. वडा नम्बर ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका परमेश्वर साह ३५६ मतसहित निर्वाचित
१४. वडा नम्बर २१ को वडाध्यक्षमा नेपाली कांग्रेसका राज नारायण साह १८०४ मतसहित निर्वाचित
१५. वडा नम्बर १० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मिथिलेश कुमार कर्ण २८८ मतसहित निर्वाचित
१६. वडा नम्बर २० को वडाध्यक्षमा नेकपा एमालेका मोती राइन कवारी ६७९ मतसहित निर्वाचित
१७. वडा नम्बर ११ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन कुमार चौधरि ४२७ मतसहित निर्वाचित
१८. वडा नम्बर १९ को वडाध्यक्षमा नेकपा एमालेका विनोद कुमार साह १०७८ मतसहित निर्वाचित
१९. वडा नम्बर १२ को वडाध्यक्षमा नेकपा एमालेका महेन्द्र साह तेली ५३५ मतसहित निर्वाचित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ