- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन् ।
ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकामा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित भएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरेकी छन् ।
यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित भएका थिए ।