arrow

नेविसंंघले बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई बुझायो ज्ञापनपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
280738101_551122329713881_8579374819034707609_n.jpg.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुनु परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो । 

ज्ञापनपत्र बुझाएपछि अधयक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनु हुँदैन । दोषीमाथि कडा कारबाही र विभेदकारी कानूनी व्यवस्था संशोधन हुनुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ