arrow

जो देउताको कसम खाएर नगरप्रमुखको कुर्सीमा बसे (कसमसहित)

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ जेठ ८ आइतबार
bham-oath.PNG

मुगु । मुगु स्थित छायाँनाथ रारा नगरपालिका नवनिर्वाचित नगरप्रमुखले यहाँका प्रसिद्ध देउता र मन्दिरको घण्ट छोएर पदभार ग्रहण गरेका छन् । नगरप्रमुख विष्णुकुमार भामले कणाली प्रदेश कै प्रसिद्ध देउता थार्प मष्टो र छायाँनाथ मन्दिरको घण्टलाई छोएर शुक्रवार आफ्नो कार्यकक्षमा पदभार गरेका हुन् ।

मुख्य निर्वाचन कार्यालयका अधिकृत पुण्य प्रसाद सापकोटाले जिल्लाका चारै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूलाई शपथ ग्रहणका साथै छायाँनाथ रारा नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचित प्रमाण पत्र वितरण गरिसकेपछि नगरप्रमुख भाम पदभार ग्रहणका लागी छायाँनाथ रारा नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लको अध्यक्षतामा आयोजित पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख शाहीले थार्प मष्टो र छायाँनाथ मन्दिरका घण्ट छोएर आफुले पाएको जनभारको कहिल्यै अवमूल्यन हुन नदिने बताए । उनले भ्रष्टाचार कुनै पनि गतिविधि र छिद्रमा सहभागी नहुने र नगरपालिकामा हुन नदिने कसम खाए । 

प्रचारका बेला आफुले बाचा गरेको कुरा पुरा गर्न लाग्ने र आफुले पाउने सेवा सुविधाबाट ५ वटा एम्बुलेन्स किनेर नगरवासीलाई निःशुल्क सेवा दिने बाचा पुरा गर्ने,नगरपालिकामा सुशासन, छिटोछरितो सेवा दिने वातावरण बनाउने जस्ता कसम खाएर नगरप्रमुखको कुर्सीमा आसन ग्रहण गरेका थिए ।

भाम अघिल्लो स्थानीय निर्वाचनमा नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष रहेका थिए । वडा अध्यक्ष रहँदा उनले ५ वर्षसम्म आफुले राज्यबाट पाएको पारिश्रमिक र सेवा सुविधा कुनै आफुले व्यक्तिगत खर्च नगरेर नगरका १४ वटै वडाका गरिब,निमुखा,दलित परिवारलाई वितरण गरेका थिए ।

वडाध्यक्ष हुँदा गरेको कामले आगामी दिनमा पनि नगरप्रमुख भामले जनमुखी काम गर्ने विश्वास नगरबासीले लिएका छन् ।

सरकारी न्याय नपाए र समाज,घरमा अन्याय भए कणाली प्रदेश लगाएर सुदूरपश्चिम प्रदेशका जनता न्याय माग्न थार्प मष्टोका थानमा आउने गर्छन् । उनीहरू यहाँबाट भगवान् रुपी न्याय पाएको बताउनछन । उता छायाँनाथ मन्दिरमा भगवान् शिव रहेको विश्वास गर्ने गरिन्छ ।

यी दुवै थान र मन्दिरका घण्ट छोएर नगरप्रमुख भामले गलत काम कुनै नगर्ने कसम खाएपछि स्थानीय जनता झनै विश्वस्त भएका छन् बाँकी काम भविष्यमा देखिँदै जाने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ