arrow

ताजा अपडेट : वालेन्द्रले झनै बढाए रफ्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
balen-sah-kathmandu.jpg

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेमाथि भारी परेका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ४० हजार मत नघाएका छन् । 

काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार वालेन्द्रले आइतबार दिउसो ३ बजेसम्ममा ४० हजार ६०५ मत ल्याएका छन् । 

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ३३४ मत पाएकी छन् । उनी वालेन्द्र भन्दा  १७ हजार २७१ मतले पछाडि छिन् । सिंह पाँच दलीय गठबन्धनकी उम्मेदवार हुन् । 

नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । स्थापित २२ हजार ५२६ मतका साथ तेस्रो स्थानमा छन् । स्थापित वालेन्द्रभन्दा १८ हजार ७९ मताले पछाडि रहेका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । उनलाई गठबन्धनका रामेश्वर श्रेष्ठ पछ्याइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ