arrow

रेणुको फराकिलो अग्रता, उपप्रमुखमा चित्रसेन अग्रस्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
renu-vijay-jagannath.jpg

भरतपुर । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले अग्रता फराकिलो बनाएकी छन् । 

भारतपुरमा रेणु एमालेका उम्मेदवार भन्दा ८ हजार भन्दा बढी मतले अगाडि छिन् । 

एमालेका उम्मेदवार विजय सुवेदीभन्दा रेणु ८ हजार ४ सय ९२ मतले रेणु अघि रहेकी हुन् । 

आइतबार ३ बजेको मतपरिणाम अनुसार रेणुले ३८ हजार ६५५ मत ल्याएकी छिन् । 

उनीभन्दा पछि एमालेका सुवेदी छन् । सुवेदीले ३० हजार १६३ मत ल्याएका छन् । 

रेणु पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन्। 

गठबन्धनलाई चुनौती दिएका नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् । 

उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत का साथ अग्रस्थानमा छन् । 

राप्रपाकी हिमला गुरुङले २३ हजार ८७३ मत ल्याएकी छिन् ।  

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ