arrow

तनहुँको व्यासमा कांग्रेस : ११ वडामा प्यानलसहित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
local-level-election-everytime1.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै विजयी भएका हुन् । 

दुई सय ५२ को मतान्तरले न्यौपानेले नगरप्रमुखमा जित हासिल गरेका हुन् । उनले १२ हजार ७८ मत प्राप्त गरे भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे । 

उपप्रमुखमा  दरै १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन् ।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । 

एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।

व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन् । 



नयाँ