arrow

मोरङको रङ्गेली नगरपालिकामा एमाले विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
uml-flag.png

मोरङ । मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । 

प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरेका छन् ।

नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वतीदेवी बहरदारले सदस्य पदमा जीत हासिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ