arrow

काठमाडौं-८ मा आसामान सङ्गत प्यानलैसहित विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
local-level-election-000.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका-८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी भएका छन् । 

सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन् । 

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका शेखर देउला र सलोनी वडारी विजय भएका छन् । 

महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयीभएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। 

हाल कामपा-१, २, ३ ,४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना जारी छ । 

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ