arrow

भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
subedi-renu.jpg

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । 

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख  चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । 

अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ ।

प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छिन् । 

प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । 

उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् ।

प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेकी हुन् । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ । 

महानगरपालिकामा जित नजिक पुगेकी दाहाल यसअघिको महानगरको प्रमुख थिइन् । 

उनलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन्। उनलाई राप्रपाको साथ रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ