arrow

जनकपुरमा कसको कति मत ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
manoj-kumar-shah.PNG

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी नै अगाडि रहेका छन् । सोमवार बिहान ८:३० बजे सम्मको मतपरिणाम अनुसार साहले ११ हजार ४५३ मत ल्याएका छन् । 

उनलाई नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साहले पछ्याइरहेका छन् । एमालेका उम्मेदवार साहले ९ हजार १२७ मतका साथ पछाडि रहेका छन् । 

नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमारलाई टक्कर दिन बनाइएको पाँच दलीय गठबन्धनका उम्मेदवार भने तेस्रो स्थानमा रहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साह तेस्रो स्थानमा थन्किएका छन् ।

जारी मतगणनामा गठबन्धनका लालकिशोर साहले ४ हजार ७०७ मत प्राप्त गरेका छन् । लालकिशोर जनकपुरका निवर्तमान मेयर तथा जनता समाजवादी पार्टीका उम्मेदवार हुन् ।

 लोकतान्त्रिक समाजवादी पार्टीका मेयर पदका उम्मेदवार मनोज चौधरीले हालसम्म ४ हजार ३२५ मत प्राप्त गरेका छन्। मेयर पदकै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार ५७९ मत ल्याएका छन् । 

त्यस्तै गरी उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १३ हजार २३९ मतसहित अग्र स्थानमा छन् भने, उनलाई नेकपा एमालेका उम्मेदवार रुना झाले १० हजार ३२६ मत प्राप्त गरी पछ्याइरहेकी छन् ।

उपमेयर पदमा तेस्रो स्थानमा निवर्तमान उपमेयर रिता कुमारी मिश्र छन् । उनले हालसम्म ४ हजार ४९० मत ल्याएकी छन् । उपमेयर पदकै लागि मैदानमा रहेकी स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरीले ३ हजार २२२ मत प्राप्त गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ