arrow

भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो जजिराको विमान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
jazeera-neo-plane.jpg

भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ । 

विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिएर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरासँग ठोक्किएको थियो । 

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाइजहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाइलटहरुले अवतरणको क्रममा चरासँग ठोक्किएको आशंका गरेका छन् । तर रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै इन्जिनमा त गएन भनेर जहाज यहीँ होल्ड भएको छ ।’

एयरलाइन्सका इन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ