arrow

कामपामा वालेन्द्रको अग्रता, उपप्रमुखमा सुनिता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ४३ हजार ८१ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । 

जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ४३४ मत प्राप्त गरेकी छन् । 

 यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ८३५ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डंगोलले ४५ हजार ८७५ मत ल्याएर अग्रस्थानमा छिन् । 

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत पाएका छन् । 

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । 

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । 

कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ