arrow

जनकपुर : मनोजकुमारलाई हराउन उठाइएका लालकिशोर चौथौँ स्थानमा पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
lalkisor-manoj.jpg

जनकपुरधाम । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर तथा उपमेयरको लाग धमाधम मतगणना भइरहेको छ । 

नयाँ अपडेट अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १२ हजार २८३ ल्याएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साहले पछ्याइरहेका छन् । एमालेका उम्मेदवार साहले ९ हजार ३०३ मतका साथ पछाडि रहेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका मेयर पदका उम्मेदवार मनोज चौधरीले हालसम्म ५ हजार १६ मत प्राप्त गरेका छन्। 

नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमारलाई टक्कर दिन बनाइएको पाँच दलीय गठबन्धनका उम्मेदवार भने चौथौँ स्थानमा पुगेका छन् । 

जारी मतगणनामा गठबन्धनका लालकिशोर साहले ४ हजार ८०६ मत प्राप्त गरेका छन् । लालकिशोर जनकपुरका निवर्तमान मेयर तथा जनता समाजवादी पार्टीका उम्मेदवार हुन् ।

 मेयर पदकै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार ७३४ मत ल्याएका छन् । 

त्यस्तै गरी उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १४ हजार ८३२ मतसहित अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका उम्मेदवार रुना झाले १० हजार ५३४ मत प्राप्त गरी पछ्याइरहेकी छन् ।

उपमेयर पदमा तेस्रो स्थानमा निवर्तमान उपमेयर रिता कुमारी मिश्र छन् । उनले हालसम्म ५ हजार २५४ मत ल्याएकी छन् । उपमेयर पदकै लागि मैदानमा रहेकी स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरीले ३ हजार ३४५ मत प्राप्त गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ