arrow

पोखरामा एक लाख २२ हजार मतगणना : धनराज र मञ्जुको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
Dhanraj-manju.jpg

पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । 

यसै गरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३९ सय ९७ मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४८ हजार ४९२ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ