arrow

परराष्ट्रका अधिकारीलाई रासन किन्न चीनले नगद बाँडेपछि आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
srilanka-chinese.jpg
तस्बिर– फाइल

काठमाडौं । गम्भीर आर्थिक संकटका कारण श्रीलंकामा अत्यावश्यक वस्तुको अभाव हुँदा चीनले वितरण गरेको खाद्यान्न रासनलाई लिएर देशको विदेश सेवा अधिकृत संघ (एफएसओए) ले आक्रोश व्यक्त गरेको छ ।

संकटग्रस्त श्रीलंकाको विदेश मन्त्रालयका अधिकारीहरूलाई प्रभावित पार्न दाल, चामल र अन्य वस्तुहरू जस्ता रासन वितरण गर्ने चीनको प्रयासको कडा विरोध भएको हो ।

यस्तै, गाउँलेहरुलाई रासन प्रदान गरिएको झोलामा समेत चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीको ट्रेडमार्क रहेको बताइएको छ। यसभन्दा बढी परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई सुख्खा रासन वितरण गर्नु सबैभन्दा कुख्यात घुसखोरी भएको कोलम्बो गजेटले उल्लेख गरेको छ ।

'विश्वमा कतै पनि दूतावासले विदेश मन्त्रालयलाई यस्तो साहयता वितरण गर्दैन, विशेष गरी श्रीलंका जस्तो देशमा जहाँ गम्भीर चुनौतीहरूको सामनाका बाबजुद चीनले आफ्नो महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अगाडि बढाउन राजनीतिज्ञहरूसँग गम्भीर रूपमा संलग्न भएको छ,' श्रीलंकाली समाचार पोर्टलले लेखेको छ ।

श्रीलंकाको विदेश मन्त्रालयलाई दिइएको चिनियाँ चन्दा स्पष्ट रूपमा विदेश सचिव जयनाथ कोलोम्बेज र चीन श्रीलंका मित्रता संघले अनुमति दिएको थियो । चिनियाँ दूतावासले चीन श्रीलंका मित्रता संघलाई खाद्य उत्पादनहरू खरिद गर्न नगद रकम उपलब्ध गराएको थियो ।

यस घटनाको प्रतिक्रिया दिँदै श्रीलंकाको विदेश मन्त्रालयका अधिकारी संघको प्रतिनिधिमण्डलले विदेश सचिव कोलम्बेजसँगको भेटमा आक्रोश व्यक्त गरेको छ।

'हामी दृढ विश्वास गर्छौं कि यस्ता चन्दाहरू विशेष गरी श्रीलंकाको विदेश सेवाका सदस्यहरूले स्वीकार गर्नु उपयुक्त छैन र यसले परराष्ट्र सेवा र परराष्ट्र मन्त्रालयलाई लज्जास्पद अवस्थामा पुर्‍याउनेछ,' संघले सन्देशमा भनेको छ।

कोलम्बो ग्याजेटका अनुसार चिनियाँ दूतावासले श्रीलंकामा फाइदा उठाउने प्रयास गरेको यो पहिलो पटक भने होइन।

चीनले यसअघि पनि विवरण लुकाएर परियोजना हात पार्ने सम्भावना बढाउन सरकारलाई भुक्तान गर्ने गरेको आरोप लाग्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ