arrow

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच वार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ ९ सोमबार
china-pakistan-flag.jpg

ग्वान्जाउ । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ । 

हाल चीनको भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा गएका थिए । त्यस क्रममा आइतबार उहाँहरुका बीचमा वार्ता भएको बताइएको छ । 

त्यसक्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रुपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताएको समाचारमा जनाइएको छ ।

हालै पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त भएका जर्दारीले प्रारम्भिक रुपमा नै चीनको भ्रमणको कार्यक्रम तय गरेका थिए । 

त्यस क्रममा उनले पाकिस्तानको विकासका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

साथै त्यस क्रममा पाकिस्तानी विदेशमन्त्री जर्दारीले पाकिस्तान सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जानकारी दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ