arrow

भरतपुरको मतगणना आजै सकिने !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
renu-vijay-jagannath.jpg

चितवन । भरतपुर महानगरपालिकाको मतगणना आज रातीसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ । उनन्तीस वडा रहेको यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । 

भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । मतपरिणाम अनुसार  पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन् । 

उनले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेकी छन् ।

 स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेकी छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ