arrow

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
renu-dahal-2079.jpg
फाइल तस्बिर

चितवन। चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।

पछिल्लो मतपरिणाम अनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन्। दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाएका छन्।

अन्तिम परिणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा घोषणा गर्नेछ।

उपमेयरमा पनि गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन्। अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ