arrow

कोरोनाबाट भारतमा एकै दिन ४६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
corona-india-killed.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कूल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ । 

भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या फेरि बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ