arrow

सरकारले नीति तथा कार्यक्रम ल्याउँदै, अपरान्ह राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
Parliament_building-1619601493.png

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९–८० को नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । 

अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ । 

नेकपा एमालेले यही बजेट अधिवेशनका लागि भनेर आफ्ना माग थाँती राखेर संसद चल्न दिएको छ । शेरबहादुर देउवाले सरकारको नेतृत्व गत असार २९ गते सम्हालदेखि नै प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध गर्दै आएको थियो । 

तर गत जेठ ३ गतेदेखिको बजेट अधिवेशनमा भने एमालेले सक्रिय सहभागीता जनाएको छ । प्रिबजेट छलफल जेठ ४ देखि ६ गतेसम्म भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ