arrow

नेपालमा तीन थरीको वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
weather-2022-evergreen.jpg

काठमाडौं । आज  मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन–चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एकरदुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ