arrow

पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
Dhanraj-manju.jpg

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा आचार्य, उपमेयरमा गुरुङ करिब पाँच हजार मतगणना हुन बाँकी छँदै विजयी भएका हुन् । उपमेयरमा मञ्जुदेवीको यो दोस्रो कार्यकाल हो । 

पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । जसमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मत गणना भएको छ । अब पाँच हजार १५ मत गणना हुन बाँकी छ । तर मेयरमा आचार्य एमालेका कृष्ण थापाभन्दा पाँच हजार २८६ मतले अगाडि छन् । 

यस्तै, उपमेयरमा गुरुङ नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा चार हजार ३५ मतान्तरले अगाडि छिन् । पोखराका वडा नं. २२, ३२ र ३३ को आंशिक मतगणना बाँकी छ ।

हलसम्म आचार्यले ५६ हजार ४७१, थापाले ५१ हजार १८५ मत प्राप्त गरेका छन् । यस्तै, मेयरमा राप्रपाका शंकर खरालले ५५ सय ७९ र गनेस पौडेलले २९ सय ८६ मत प्राप्त गरेका छन् ।

यता, उपमेयरमा गुरुङले ५८ हजार ५८२, रानाभाटले ५४ हजार ५४७ र राप्रपाकी रञ्जना सेन (रञ्जु) ले ५५ सय ८१ मत प्राप्त गरेकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ