arrow

एमालेले बखेडा झिकेपछि पोखरामा मतगणना रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
Election pokhara.jpg

पोखरा । नेकपा एमालेले बखेडा झिकेपछि पोखरामा जारी मतगणना रोकिएको छ । एमालेले पोखरा १८ र ३१ मा मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि मतगणना रोकिएको हो ।

अहिले वडा नं. २२, ३२ र ३३ को मतगणना जारी रहेकै अवस्थामा रोकिएको हो । पोखरा-१८ मा खसेको ६ मत मतपेटिकामा नभएको भन्दै एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले पुनः गणनाको मागसहित निवेदन दिएका हुन् ।

यस्तै, पोखरा-३१ मा पनि ३ मत मतपेटिकामा नभेटिएको भन्दै त्यसको निर्णय नहुँदासम्म मतगणनामा नबस्ने एमालेको अडानका कारण मतगणना रोकिएको हो ।

पोखरा महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुखमा मञ्जुदेवी गुरुङको जित निश्चित भइसकेको छ । 

हालसम्म एक लाख ३९ हजार ४१ मतगणना भइसकेको छ । यहाँ एक लाख ४३ हजार २२६ मत खसेको छ । अब तीन हजार ८१५ मत गन्न बाँकी छ । 



नयाँ