arrow

प्रस्तावित राजदूत मिश्र र प्रा रायको नाम समितिबाट अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
sunuwai-samitti.jpg

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । 

समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो ।

 सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । 

उजुरी नपरेका १८ जनाको नाम यसअघि नै अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

प्रस्तावित दुवै राजदूतमाथिको उजुरीमा औचित्य नदेखिएकाले बैठकले सर्वसम्मतिले अनुमोदन गरेको उनले सुनाए ।

राजदूतको नाम अनुमोदनमा उपस्थित शतप्रतिशत सांसदले छलफलमा भाग लिई अनुमोदन गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ