arrow

होटल संघ गण्डकीमा हरि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
han gandaki.jpg

पोखरा । होटल सङ्घ नेपाल (हान) को गण्डकी प्रदेश समिति गठन गरिएको छ । संस्थाको अध्यक्षमा हरिप्रसाद शर्मा गैह्रे निर्वाचित भएका छन् । 

गण्डकी प्रदेशस्थिति ११ जिल्लाका होटल सङ्घका अध्यक्षहरूको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमितिसमेत चयन गरेको छ । शर्मा होटल सङ्घ पोखराका पूर्व अध्यक्ष हुन् ।

संस्थाको उपाध्यक्षमा भरतराज पराजुली, द्वितीय उपाध्यक्षमा तनहुँका राजकुमार श्रेष्ठ, सचिवमा गोर्खाका मनप्रसाद धिताल र कोषाध्यक्षमा पर्वतका कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन् । 

समितिको सदस्यमा होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, बाग्लुङका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, म्याग्दीकी अध्यक्ष सिर्जना भट्टचन, तनहुँका अध्यक्ष जीवन शाही, नवलपुरका अध्यक्ष डीवी चौधरी र लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् । समितिमा स्याङ्जा, मुस्ताङ र मनाङका प्रतिनिधि पनि छिटै राखिने बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ