arrow

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ) 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
vidya-devi-bhandari-parliament.jpg

काठमाडौँ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा पेश भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन् । 

सो क्रममा उनले चुनावी सफलताले विकास र समृद्धिको यात्रामा बलियो आधार तयार भएको राष्ट्रपति भण्डारीले बताएकी छिन् । 

उनले स्वास्थ्य क्षेत्रमा जनशक्तिसहितको वृद्धि भएको बताइन् । २३ हजार ५९१ जनाले जग्गाधनी प्रमाणपत्र पाएकोसमेत उनले बताइन् । 

उनले कोभिड महामारी र युक्रेनमा भएको आक्रमणबाट अर्थतन्त्र खस्केको भन्दै त्यसबाट पाठ सिक्दै सबल बनाउँदै लैजानुपर्ने बताएकी छिन् ।

उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सुशासनलाई प्राथमिकतामा राखेकी छिन् । 

आर्थिक वृद्धिको संवाहकको रुपमा कृषि क्षेत्रलाई पनि जोडिएको छ । ठूला र गौरबका बाहेक प्रदेश र स्थानीयबाटै आयोजना संचालन गरिने भएको छ । 

 सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरूत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको बताइएको छ ।
 
नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ