arrow

कृषि क्षेत्र सरकारको मुख्य प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
vidya-agni-ganesh-parliament.jpg

काठमाडौं । सरकारको आगामी बजेट कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको प्राथमिकताबारे जानकारी दिएकी हुन् । 

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भण्डारीले सामूहिक सहकारी खेतीलाई प्रोत्साहन गरिने बताइन् । 

उनले धान, मकै, ओखर, स्याउ लगायतमा विशेष योजना ल्याइने पनि बताइन् । उनले रासायनिक मलको आपूर्ति सुनिश्चित गरिने बताइन् । 

राष्ट्रपति भण्डारीले कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने बताउँदै कृषकको संरक्षण नीति अपनाइने पनि सुनाइन् । 

उनले लघुबिमाको पहुँचलाई विपन्न बर्गसम्म पुर्याइने भन्दै उसु कृषकलाई क्रसिङ भएकै वर्ष रकम उपलब्ध गराइने बताइन् । 

उनले कृषिमा गम्भीर प्रकृतिका रोगको महामारी रोक्न सरकारले सहयोग गर्ने बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ