arrow

सोनिया गान्धी अस्पतालबाट डिस्चार्ज

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
gandisonia.jpeg
एजेन्सी । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धीलाई अस्पतालबाट शुक्रबार डिस्चार्ज गरिएको छ ।  गान्धी  पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो । 
 
गान्धीलाई अस्पतालमा फिजियोथेरापी गराएका थिए । गान्धी  गत आइतबार मात्र सोही अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । उनिलाई हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो । उनको पाखुराको हाड चर्किएको पाइएको चिकित्कको भनाई छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उनलाई सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाई पछि आइतबार डिस्चार्ज गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ