arrow

पोखरामा मतगणना पुनः शुरु, एमालेको माग कानूनी प्रक्रियामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
Election pokhara.jpg

पोखरा । पोखरामा स्थगित भएको मतगणना शुरु भएको छ । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं. १८ को मतगणना पुनः हुनुपर्ने माग राखेर मतगणना बहिष्कार गरेपछि आज दिनभर मतगणना हुन सकेको थिएन ।

सहायक निर्वाचन अधिकृत सुरज अधिकारीले एक सूचना प्रकाशित गर्दै मतगणना शुरु हुने र सो कार्यमा दलहरूका प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका थिए । 

सूचनामा उनले नेकपा एमालेले राखेको माग कानूनी कारबाहीमा रहेको र एमालेको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अत्यन्त गम्भीर रहेको सूचनामा उल्लेख गरेका छन् ।

पोखराको २२, ३२ र ३३ को केही मतगणना बाँकी छ । हालसम्म सम्पन्न मतगणनामा एकीकृत समाजवादीका धनराज आचार्य पोखराको मेयर र नेकपा एमालेकी मञ्जुदेवी गुरुङ उपमेयरमा विजयी भइसकेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ