arrow

टेक्सासको विद्यालयमा शिक्षकसहित कम्तीमा १५ विद्यार्थीहरूको मृत्यु

logo
एजेन्सी,
प्रकाशित २०७९ जेठ ११ बुधबार
texas-shooting-gunman-school.jpg

न्युयोर्क। अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा  १४ विद्यार्थीहरू र एक शिक्षकको मृत्यु भएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरूको मृत्यु भएको राज्यका गभर्नरले जानकारी दिए।

पछिल्लो हमला  वर्षौँपछि  देशको सबैभन्दा डरलाग्दो आक्रमण हो। उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्। गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ। ’

आक्रमणकारीको पनि मृत्यु भएको छ। कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ