arrow

मात्र नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
local-level-election-2079.jpg

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा बुधबार बिहान १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका,  रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ ।

सुदूरपश्चिममा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ