- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुस्ताङ । मुस्ताङ घुम्न आएका दुई पर्यटकको शव बुधबार फेला परेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित कालीगण्डकी नदी दोभानमा एक जना र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अर्का एक जनाको शव भेटिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुवै पर्यटकको पहिचान खुल्न सकेको छैन । मृतकमध्ये एक जना करिब ३८ वर्षका र अर्का करिब ६० वर्षका भारतीय नागरिक रहेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।
प्रनि तामाङका अनुसार शवको मुचुल्का गरी एक शवलाई मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा ल्याएर राखिएको र दामोदरकुण्ड जाने बाटोमा भेटिएको शव ल्याउनेक्रममा छ । उनीहरुको मृत्युको कारण खुल्न सकेको छैन ।