arrow

तुलसीपुरमा एमाले विजयी, टीकारामले जोगाए शंकर पोखरेलको इज्जत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
tikaram-khadka-uml-dang.jpg

दाङ । तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । यो जितले एमाले महासचिव शंकर पोखरेलको मान बढाएको छ । 

हुनत उनले जुन जुन ठाउँमा एमालेले हार्यो त्यो ठाउँमा दोष आफ्ना उम्मेदवारको नभई गठबन्धनका कारण भएको दिँदै आएका छन् । तर पनि उनकै क्षेत्रमा भने सत्ता गठबन्धनको केही जोर चलेन । प्रमुखमा खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भए । 

खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत मात्र ल्याए । 

उपप्रमुखमा चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी हुन् । चौधरीले ३० हजार ५९७ मत पाइन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मतमात्रै ल्याए । 

चौधरीले तुलसीपुरमा दिदी घर संस्था सञ्चालन गरी असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छिन् । उनी पहिलो पटककै प्रयासमा सफल भएकी हुन् । 

एमालेले तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ