arrow

बिमा गरेको पाँच महिनापछि मृत्यु, कम्पनीले दियो ४१ लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
insurance1.jpg

इलाम । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईँ को परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । 

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख केदार थापाले संयुक्त रूपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईँलाई हस्तान्तरण गरेका हुन् । 

गत ७८ साल चैत महिनामा बिमा गरेका निर्माण व्यवसायी प्रवीण चापागाईँको पाँच महिनापछि मृत्यु भएको थियो । पचास लाखको बिमा गर्दा पहिलो किस्ता बापतको चार लाख २५ हजार तिरेका उनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ