arrow

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
pakrau9.jpg

काठमाडौं । वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका यहाँ एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । 

उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडौंले दुई वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो । 

सोही दिनदेखि शर्मा फरार थिए । फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले आज घरबाटै पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाएको जिप्रकाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ