arrow

३० वडाको मतपरिणाम सार्वजनिक, आज साँझसम्ममा सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ ।

 ३२ वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साँझसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ । 
 
अहिलेसम्मको मत परिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ । 

त्यसै गरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ । 

कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५९ हजार १४९ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । 

सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् भने स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ