arrow

कामपा १६ को वडाध्यक्षमा रिजाल पुनः विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
local-level-election-000.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केही बेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । 

उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गरिन् । 

यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाडौं-१६ मा सोह्र खुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछा पोखरीलगायतका क्षेत्र पर्दछन् ।

 वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ