arrow

इजरेलले आफ्ना पत्रकारको हत्या गरेपछि हेगमा गयो अल जजीरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
aljazeera-abu-shreen-icc-.PNG

काठमाडौं । अल जजीरा मिडिया नेटवर्कले आफ्नो पत्रकार शिरिन अबु अक्लेहको हत्यालाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पठाउन कानूनी टोली खटाएको छ।

अल जजीराले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफूले विज्ञसहितको अन्तर्राष्ट्रिय समिति गठन गरेको र अबु अक्लेहको हत्याको मुद्दालाई आईसीसीका अभियोजक कहाँ पेश गर्न दस्तावेज तयार गरिरहेको बताएको हो ।

मे ११ मा कब्जा गरिएको वेस्ट बैंकको जेनिन शरणार्थी शिविर नजिकै इजरेली सेनाले गोली हानेर अबु अक्लेहको हत्या गरेको थियो ।

उनको हत्या बाहेक अल जजीराले इजरेली बमबारी र  सन् २०२१ को मेमा अल जजीराको कार्यालयमा गरेको आक्रमण र अन्य पत्रकारहरुलाई निशाना बनाएका मुद्दाहरु पेश गर्ने भएको छ ।

अल जजीरा नेटवर्कको विज्ञप्तिमा भनिएको छ कि युद्ध क्षेत्र वा कब्जा गरिएका क्षेत्रहरूमा काम गर्ने पत्रकारहरूको हत्या वा शारीरिक आक्रमण अन्तर्राष्ट्रिय फौजदारी अदालतको चार्टरको धारा ८ अन्तर्गत युद्ध अपराध हो।

'अल जजीरा मिडिया नेटवर्कले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा चलिरहेको द्वन्द्वलाई कभर गर्ने पेशाकर्मी पत्रकारको रूपमा नेटवर्कसँग २५ वर्ष काम गरेका हाम्रा सहकर्मी शिरिन अबु अक्लेहको हत्याको निन्दा गर्दछ,' नेटवर्कले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

अल जजीराले जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ, 'नेटवर्कले शिरिनको लागि न्याय प्राप्त गर्न हरेक बाटो पछ्याउने, उनको हत्याका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउने र सबै अन्तर्राष्ट्रिय न्याय र कानूनी प्लेटफर्महरू र अदालतहरूमा जवाफदेही बनाइने सुनिश्चित गर्ने वाचा गर्दछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ