arrow

कामपाको उपप्रमुख बनेपछि सुनिताले यसो भनिन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
sunita-dangol-uml.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । 

राष्ट्रिय सभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् । 

उनले भनिन्, “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ, त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विजय हुनुभएको जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।” 

उनले जनताको लागि सेवक भई समग्र काठमाडौं विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

 नागरिकले दिएको हरेक मतलाई आफुलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको उनले बताइन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ